वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका कर्मचारी आन्दोलित 

मंगलबार, मंसिर ७, २०७८

जनकपुरधाम,७ मंसिर । केही वडाध्यक्षले सरसफाइ  कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहनगरपालिका कर्मचारी आन्दोलित भएका छन् ।  सोमबार जनकपुरधाम उपहानगरपालिका ३ ,४ र ७ का वडाध्यक्षहरूले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले मंगलबार विरोध जुलुस प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । आफूअनुकूल काम नगर्दा वडाध्यक्षहरूले पटक-पटक कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्  । यता, सोमबार जनकपुरधाम-४ का वडाध्यक्ष शुर्दन सिंहसँग सरसफाइ कर्मचारीको विवाद भएको थियो । उक्त घटनालाई लिएर वडा नं. ३ ,४ र ७ का वडाध्यक्षहरूले सोमबार नै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार