खाडीमा अमेरिकी सेनासँगको ‘लडाइँ’ मा नौको मृत्यु

आइतबार, मंसिर ५, २०७८

तेहरान, ५ मङ्सिर । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले खाडीमा अमेरिकी सेनासँग थुप्रै ‘प्रत्यक्ष युद्ध’ गरेको छ । जसमा यसका नौ सेनाहरू “शहीद भएका छन्,” अलिरेजा ताङ्सिरी, आईआरजीसीका नौसेना कमाण्डरले आइतबार घोषणा गरेका हुन् ।
ताङ्सिरीले झडपको समय र कसरी नौ इरानी सैनिकहरू “अमेरिकी सेनासँगको प्रत्यक्ष लडाई” मा मारिए भन्ने उल्लेख भने गरेका छैनन् । अमेरिकी सेनासँग आईआरजीसीको भिडन्तहरू मिडियामा सार्वजनिक गरिएको छैन, उनले थपे ।
युवा इरानीहरूले खाडीको महत्त्व बुझ्नुपर्छ किनभने इरानसँग त्यहाँ महत्त्वपूर्ण स्रोत र क्षमताहरू छन्, ताङ्सिरीले उल्लेख गरे ।
नोभेम्बर ३ मा, आईआरजीसीले ओम सागरमा इरानी तेल कब्जा गर्ने अमेरिकी प्रयासलाई विफल पारेको बताएको थियो ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार