लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु

आइतबार, मंसिर ५, २०७८

त्रिपोली, ५ मङ्सिर । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीहरू युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेको बताएको छ । आईओएमले ट्वीट गर्दै भनेको छ, “लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डुबेका छन् भने जीवित १५ जनालाई माछा मार्ने व्यक्तिहरूले समुद्रमा डुबेर उद्धार गरेका छन् ।”
“यो पछिल्लो त्रासदीले यसवर्ष मध्य–भूमध्यसागरमा ज्यान गुमाउनेको सङ्ख्या १,३०० भन्दा बढी पुगेको छ,” आईओएमले भनको छ ।
लिबियाले २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतन पछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ । जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दु पनि बनाएको छ ।– रासस/सिन्ह्वा

 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार