महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट

सोमबार, कात्तिक २९, २०७८

महोत्तरी, २९ कात्तिक । महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।  एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरी गाउँपालिका-४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार