दुर्घटनामा परी पाकिस्तानमा १४ जनाको मृत्यु

बुधबार, माघ २१, २०७७

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा मङ्गलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु नौ जना गम्भीर घाइते भएका छन् । दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । घाइतेलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ । घटनामा परी ज्यान गुमाएकामध्ये चार जना महिला र पाँच जना बच्चाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ०५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार