रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो 

आइतबार, कात्तिक २८, २०७८

दाङ, २८ कत्तिक । रोल्पामा आइतबार बिहान भएको यात्रुवहाक जिप दुर्घटनाका मृतकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा जिप धनी एवं चालक माडी गाउँपालिका–६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, सोही स्थानकी ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका वर्ष ५५ का टेकबहादुर पुन (टंकलाल) छन् । उनीहरूको घटनास्थल मै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार सोही घटनामा विना घर्ती, लिला पुन र पञ्चना कामी घाइते भएका छन् ।  माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार