सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सल्लाहकार थापाका अनुसार बुधबार नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट प्रधानमन्त्री ओलीले पहिलो उडान गरेका थिए । साँझ काठमाडौं फर्किंदा पनि उनी हेलिप्याडमै अवतरण गरेका थिए । अब बालुवाटारबाट एयरपोर्ट जाँदा–आउँदा ट्राफिक जामबाट सर्वसाधारणले खेप्नुपर्ने सास्तीको अन्त्य भएको छ । राष्ट्रपतिको आवत जावतलाई सहज तुल्याउनु पनि प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्जको जग्गा प्रयोग गर्ने कुरा भएपछि व्यापक विरोध आएपछि यो निर्णय स्थगित गरिएको थियो ।