सहचालकले चलाउँदा बस दुर्घटना : प्रहरी

बुधबार, कात्तिक २४, २०७८

चितवन, २४ कात्तिक । सहचालकले बस चलाउँदा बाँकेको कोहलपुरबाट सौराहा जाँदै गरेको भे१ख २८३६ नम्बरको यात्रुबहाक बस बुधबार बिहान नारायणगढ लायन्सचोकको पुंगीखोलामा खसेको छ । प्रहरीका अनुसार चालकसँग अनुमति पत्र थिएन । बाँकेको कोहलपुरबाट मगर समाजको देउसीभैलो समूह बोकेर चितवनको सौराहा आउँदै गरेको उक्त बस बिहान करिब ८ः३० बजे लायन्सचोकस्थित पुंगीखोलामा खसेको थियो । शाही ट्राभल्सको उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटनामा बसका चालक विनोश शर्मा सामान्य घाइते भएका छन् । बाँकी यात्रुकाे सकुशल उद्धार गरेकाे वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। दुर्घटना हुनासाथ प्रहरी र स्थानीयले गाडीको सीसा फुटाएर यात्रुको उद्धार गरेका थिए । बस चलाउने सहचालक रमेश कर्ण, चालक विनोद शर्मा र दुर्घटनामा परेको बस जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उक्त बसले लायन्सचोकमा म्याजिक भ्यान र एउटा अटोलाई ठक्कर दिएर पुंगीखोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार