चन्द्रौटा बजारका दुई पसलमा आगलागी, ९० लाखको क्षति

बुधबार, कात्तिक २४, २०७८

कपिलवस्तु, २४ कात्तिक ।शिवराज नगरपालिकाको चन्द्रौटा बजारका दुई पसलमा मङ्गलवार राति आगलागी हुँदा करिब ९० लाख बराबरको क्षति भएको छ । आगलागी राति ९ बजेर ३० मिनेटमा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । आगलागीले विष्णु भुसालले सन्चालन गरेको चन्द्रौटा फिक्स सप (कपडा पसल) जलेर नष्ट भएको छ । पसलमा रहेका कपडा र अन्य सामग्री सबै नष्ट भएको छ । यसैगरी भुसालको पसलसँगैको बाबुराम गिरीले सञ्चालन गरेको ल्यापटप हस्पिटल (कम्प्युटर पसल) मा समेत आगाे क्षति पुर्याएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र शिवराज नगरपालिकाको दमकल परिचालन भएको थियो । आगलागीका कारण र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । दुवै पसलमा गरी करिब ९० लाखको क्षति भएको अनुमान छ । कपडा पसलमा ५० लाख र कम्प्युटर पसलमा ४० लाखभन्दा बढीको सामग्री जलेको सञ्चालकहरूको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार