सेनाका बख्तरबन्द गाडीले सोमबार राति चक्रपथमा गस्ती गर्ने 

आइतबार, माघ १८, २०७७

काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति काठमाडौं चक्रपथको चक्कर लगाउने भएको छ । नेपाली सेनाका प्रवक्ताले आइतबार ट्वीट गर्दै सो जानकारी दिएको छ । नेपाली सेनाको ट्वीटमा भनिएको छ, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति वख्तरवन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको ।’ ‘त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौ’ सेनाका प्रवक्ताले ट्वीटमा भनेका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार