सोसल मिडिया
Contact Us
युनिकोड
कञ्चनपुर, २१ कात्तिक । जुवातास नियन्त्रणका लागि कञ्चनपुरमा प्रहरीले चलाएको अभियान प्रभावकारीरुपमा अगाडि बढ्दै आएको छ । जुवातास खेल्ने ठाउँको पहिचान गरी प्रहरीले जुवाडेलाई पक्राउ गर्ने र नगद रकम बरामद गर्नेक्रम जारी राखेको छ । चाडपर्वका बेला प्रहरीले गस्ती टोलीलाई प्रभावकारीरुपमा परिचालन गरेकै कारण अप्रिय घटना हुन नपाएको प्रहरीको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाड पर्वका बेलामा हालसम्म ९५ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले कारवाही प्रक्रियासमेत अगाडि बढाउँदै आएको छ । जुवातासका ११ मुद्दामा रु आठ लाख १४ हजार ५१० रकमसमेत बरामद गरेको छ । समाजमा विकृत्तिका रुपमा रहेको जुवातास नियन्त्रणका लागि अभियान निरन्तररुपमा सञ्चालन हुने प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । उनका अनुसार शुक्रबार मात्रै भीमदत्त नगरपालिका–६ ऐठपुरबाट १० जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट रु ६२ हजार ७० रकमसमेत बरामद गरिएको छ ।
लागुऔषधसहित दुई जना पक्राउ भीमदत्त नगरपालिका–८ महेन्द्रनगर ब्रम्हदेव रोड क्षेत्रबाट प्रहरीले आज लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउपर्नेमा भीमदत्त नगरपालिका– ७ का प्रविन चन्द र वडा नं ५ बस्ने सागर चन्द रहेका छन् । पक्राउ परेका दुवै जनाकासाथबाट प्रहरीले १९ दशमलव २८ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ । पक्राउ परेकालाई नियन्त्रणमा लिइ प्रहरीले कानूनबमोजिम थप अनुसन्धानको कार्य गरिरहेको छ ।