दिपावलीमा बेहुली झैँ सिंगारिए भारतीय सहर

शनिबार, कात्तिक २०, २०७८

नयाँ दिल्ली : कोभिड महामारीबीच हर्षोल्लासका साथ भारतका विभिन्न समुदायले तिहार मनाइरहेका छन् । तिहारलाई भारतमा दिपावलीको नामले चिनिन्छ । विभिन्न स्थानमा हिन्दु, सिख र जैनले आ आफ्नै संस्करअनुसार तिहार मनाइरहेका छन् । 

हिन्दूहरुले विभिन्न रंगका बत्ती बालेर र लक्ष्मीको पूजा गरेर घर घरमा दिपावली मनााएका छन् । भगवान राम जंगलमा लामो समय निर्वासनमा बसेर घर फर्किएको उपलक्ष्यमा मनाइन्छ । झिलिमिली बत्तीले राजधानी नयाँ दिल्लीसहित देशका अधिकांश स्थान  झकिझकाउ भएका छन् । 

दिपावलीको अवसरमा सिख समुदाका व्यक्तिहरु अमृतसरस्थित गोल्डन टेम्पलमा भेला भएका छन् । सन् १६१९ मा आफ्ना गुरू हरगोविन्दको मुक्तिको स्मरणमा सिख समुदायले दिपावलीमा मनाउँछन् ।

विश्वका नेपाल र भारतबाहेक श्रीलंका र हिन्दूहरुको बाहुल्यता भएका अन्य देशमा पनि दिपावली मनाइन्छ ।- एजेन्सी

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार