सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिछुक्छेले मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवत्को भित्तेपात्रो विमोचन कार्यक्रममा उनले यस संवत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकेमा देशको गौरव बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष बिजुक्छेले सबै जाति, समुदायका वेषभूषा तथा संस्कृतिले मुलुकमा समाजिक सद्भाव र एकता कायम राख्न सहयोग पु¥याउने उल्लेख गरे । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रिय संवत्का रूपमा स्थापित नेपाल संवत्का विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिए । पुस्तकालयका अध्यक्ष सुनिल महर्जनले चन्द्रागिरि तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई विभिन्न सूचना तथा ज्ञान अभिवृद्धि गराउन पुस्तकालयको भूमिका रहेको बताए । उक्त पुस्तकालयमा आर्थिक अभावका कारण खोजमूलक कृति सङ्कलन गर्न नसकेको सो अवसरमा महर्जनले जानकारी गराए । कार्यक्रममा नेवारी संस्कृतिर्लाइ समेटेर सङ्कलन गरिएका विभिन्न तस्वीरका प्रदर्शनी गरिनुकासाथै प्रतियोगिताका उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।
हेटौँडामा नेपाल संवत् ११४२ को ¥याली
नेपाल संवत् ११४२ प्रारम्भ भएको उपलक्ष्यमा हेटौँडामा आज नेपाल भाषा खलः तथा नेवा सांस्कृतिक पुचःको संयुक्त आयोजनामा ¥याली निकालिएको छ । ¥यालीपछि स्थानीय पिपलबोटमा नेपाल संवत् ११४२ शुभारम्भ भएको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो । नेपाल संवत् ११४२ मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाल भाषा खलः मकवानपुरका पूर्वअध्यक्ष रुद्रहरि जोशीले नेपालको आफ्नै मौलिक राष्ट्रिय संवत्लाई मान्यता दिएको हुँदा अब सरकार र आम नागरिकले नेपाल संवत्लाई सांस्कृतिक पर्वका रूपमा मनाउनुपर्छ भने । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका स्थानीय प्रतिनिधि, नेवार समुदायका महिला तथा पुरुषको उपस्थिति थियो ।–रासस