हुक्के–हुक्का खेलेर थारु समुदायमा लक्ष्मी भित्रयाइयो

शुक्रबार, कात्तिक १९, २०७८

उदयपुर :  लक्ष्मी पूजाको साँझमा उदयपुरका थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का) बाट बनाइएको हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राएका छन् । उदयपुरमा थारु समुदायले लक्ष्मीलाई  र नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेल्ने चलन छ ।

उनीहरुले लक्ष्मी पूजाका दिन आफ्नो घरमा सनपाट नभए छिमेकीसँग मागेर भए पनि ल्याएर हुक्के–हुक्का खेल्ने गरेको थारु पण्डित बासुदेव चौधरीले जानकारी दिए ।

उनका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्दै आएका छन् ।  तराईमा बस्ने आदिवासीले  घनघोर जंगलमा बस्दा भूत, पिचासलगायतका नकारात्मक शक्तिबाट मुक्त रहन र बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्ने चलन बसालेको उनको भनाई छ ।  सनपाटको सन्ठी नहुँदा हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको उनले बताए । 

थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका १२, पुरानो गाईघाटका प्रथमलाल चौधरीले बताए । परम्पराअनुसार हुक्के घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ । सल्कि सकेको हुके हुक्कालाई तीन पटकसम्म देउता घरको चारै तिर घुमि दोबाटो वा खाली चौरमा पु¥याएर खेल्ने चलन छ । खेल्दा उनीहरुले यस्तो भन्ने गरेका छन् ।

हुक्के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्ने गरिन्छ । यसले राम्रो फल दिन्छ भन्ने मान्यता छ । जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलनसमेत । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार