सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्नेमा जोड दिएका छन् । विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा उनले महामारी नियन्त्रणका साथै विकासका सम्भावनाका बारेमा विश्वका नेताहरुको संयुक्त प्रयास हुनु आवश्यक रहेको औंल्याएका छन् । राष्ट्रपति सिले हाल विश्वमै रहेको कोरोना भाइरसको यो महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्नेमा जोड दिए । उनले शुक्रबार बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेतासँग फोनवार्ता गरेका हुन् । फोन वार्तामा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वय सहितको प्रयासका लागि आग्रह गरेका थिए । फोन वार्तामा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स आयोजनाबाट पनि चीनले अन्तरराष्ट्रिय रुपमा सहयोग र समझ्दारी बढाउन चाहेको धारणा राखेको थिए । वार्ताका क्रममा उनले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी दिएका थिए । त्यस्तै उनले फोनमा कुरा गरेका नेताहरुसँग ती देशमा महामारीको पछिल्लो अवस्थाको बारेमा पनि जानाकरी लिएको सिन्ह्वाले जनाएको छ ।
शुक्रबार थपिए कोरोनाका नयाँ सङ्क्रमित चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएका छन् । चीनका स्वास्थ्य अधिकारीले शुक्रबार चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएका छन् । कोरोना भाइरसका ५२ जना नयाँ सङ्क्रमित देखिएकोमा ३६ जना चीन भित्रै संक्रमित भएका पाइएको छ । १६ जना विदेशबाट आएका नागरिक रहेको चीनको नेशनल हेल्थ कमिसनले शनिबार जानकारी दिएको छ । नयाँ संक्रमणका केसहरु देखापर्न थालेपछि चीनले पछिल्लो समय कोरोनाको परीक्षणलाई तिब्रता दिएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । शुक्रबार भेटिएका स्वदेशी संक्रमितमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक छन् । सो क्षेत्रमा पछिल्लो समय स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिएका छन् । हेबेइका अतिरिक्त सांघाइ र बेइजिङमा पनि संक्रमित भेटिएका छन् । सोही कारण चीनले ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको छ ।–सिन्ह्वा