अछाममा विद्युत सर्ट हुँदा घरमा आगलागी, चार लाखको क्षति

बिहीबार, कात्तिक १८, २०७८

अछाम : अछामको चौरपाटी गाउँपालिका-६ दुनीस्थित एक घरमा आगलागी हुँदा चार लाखको क्षति भएको छ । झुसे साउँदको घरमा विद्युत सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, नगद र दुई तोला सुन नष्ट भएकाे प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिए । आगलागी बिहीबार बिहान भएकाे हाे । 

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद पनि घटना स्थल पुगेका थिए । राहत उपलब्ध गराइने उनले बताए । 

साउँद परिवारलाई जीवन साउँदले खाद्यान्न, भाडाकुडा र त्रिपाल सहयोग गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार