लाम्रा संवाद : गाउँ–गाउँका कुडाको बहस जारी

बुधबार, कात्तिक १७, २०७८

जुम्ला :  मंगलबारदेखि जुम्लाको तातोपानीगाउपालिका–५ लाम्रा गाउँमा  लाम्रा संवाद ‘गाउँगाउँका कुडा संस्करण २’ जारी छ । कर्णाली क्षेत्रको विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो, जुम्ला  जिल्ला । यहाँको खसभाषाको लोपोन्मुख रीतिरिवाज र परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन लाम्रा संवाद : गाउँ–गाउँका कुडाको बहस सञ्चालन  गरिएको हो  । 

लाम्राका अगुवा नागरिकले ‘लाम्रा संवाद : गाउँका कुडाको बहस’ गतवर्षबाट थालेका थिए । तर, यसवर्षबाट  गाउँका कुरामात्रै नभइ  हाम्मो लाम्रा संवाद गाउँ–गाउँका कुडामा फराकिलो बनेको  छ । 

लाम्रा संवाद गाउँ गाउँका कुडा संयोजक नन्दप्रसाद चौलागाईंले  पुराना र नयाँ पुस्ताबीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न खोजिएको बताए । 

‘यो संवाद कार्यक्रममा विचारको छलफल, बहस तथा मन्थन गरिने, विद्वत् प्रवचनअन्तर्गत तातोपानीको गौरव, विकास र भविष्यको कुरा उजागर गरिनेछ’, उनले भने ।  

संरक्षण तथा प्रवर्द्धन गरिनुपर्ने इतिहास, संस्कृति, परम्पराको चर्चा लाम्रा संवादमा गरिनेछ । जिल्लास्तरीय राजनीतिक पार्टी प्रमुखहरू एकै थलोमा बसेर बहस, चिन्तन र साझा मुद्दा पहिल्याउनेछन् । सभ्यताको साइनो, भाषा संस्कृति, सभ्यता संरक्षणमा भइरहेका पहलमाथि चर्चा गरिने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार