राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

बुधबार, कात्तिक १७, २०७८

भक्तपुर :  भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न राेक लगाएकाे छ । कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएकाे हाे ।   

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरसको संक्रमण घट्दै गए पनि अझ जाेखिम रहेकोले मन्दिरमा पूजाआजा गर्न जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भाैतिक दूरी कायम गर्न अनुरोध गरेको बताइन् । 

सूचना अनुसार  तिहारमा देउसीभैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवम् शान्तिपूर्वक गर्न र त्यस्ता कार्य गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गरी कुनै गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ । 

पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवम् विष्पोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न भनिएकाे छ ।

सूचना अनुसार मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैं झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै कार्य नगर्न निर्देशन दिइएकाे छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार