कपिलवस्तु प्रहरीले नियन्त्रणमा लियो १० भैँसी

मंगलबार, कात्तिक १६, २०७८

कपिलवस्तु । कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ ।  कपिलबस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रुपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी लबनीको गस्ती टेलीले नियन्त्रणमा लिएको हो । भैँसी ओसारपसारमा संलग्नहरू भने प्रहरी देखेपछि फरार भएका थिए । भैँसी सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार