प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं :  आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ । राति हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार