भाइरस नियन्त्रणका उपाय हटाउन हतार नगर्न युरोपेली अधिकारीलाई डब्लुएचओको आग्रह

शुक्रबार, माघ १६, २०७७

कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध खुकुलो पार्ने कदम चाल्न हतार नगर्न आग्रह गरेको छ । डब्ल्युएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले भने, ‘डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये ३० मुलुकमा विगत १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझैपनि यहाँको सङ्क्रमण दर धेरै रहेको छ ।’ उनले भने, ‘कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ । जसका कारण यूरोपेली मुलुकहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्नसक्छ । सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ, त्यसैले सङ्क्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाईहाल्नु गलत हुनसक्छ ।’ यो क्षेत्रको मात्रै तीन प्रतिशत जनसङ्ख्यामा सङ्क्रमण पुष्टि भइसकेको छ । महामारीबाट नराम्रोसँग प्रभावित क्षेत्रहरूमा सङ्क्रमण पुनः फैलिनसक्ने जोखिम कायम रहने उनले बताए । युरोपेली क्षेत्रमा पर्ने ३५ राज्यले खोप अभियान सुरु गरेका छन् । –एएफपी
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार