सुनसरीका सञ्चारकर्मीको दुर्घटना बिमा

बुधबार, माघ १४, २०७७

सुनसरी : नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौंसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मीको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार प्राप्त डकुमेन्टका आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र अन्य विवरणको आधारमा बिमा गरिएको हो’ उनले भने, ‘करीब चार सयको विवरण आएको थियो, तर केही नामहरुको डकुमेन्ट नपुगेकाले हामीले उहाँहरुको बिमा गर्न सकेनौंं ।’ उनले जिल्लाका सबै सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरु समेटिएको बताए । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बिमा गरेको बताउँदै अहिले दुर्घटना बिमा गरेको बताए । सम्झौता अनुसार दुई सय ६० सञ्चारकर्मीको बिमा गर्ने भनिए पनि धेरैको आवेदन आएको जानकारी दिँदै ३ सय १४ जनाको मात्रै बिमा गरिएको अध्यक्ष अधिकारीले बताए । उनले भने, ‘सम्झौता भन्दा माथि गरिएका बिमित सञ्चारकर्मीहरुले पैसा भने पे्रस युयियन सुुनसरीले तिरेको छ ।’ यसअघि सुनसरी युनियनले दुई सय ६० पत्रकारको कोरोना बिमा गरेको थियो । ती मध्ये ३२ जनालाई कोरोना लागेको थियो । ती मध्ये २२ जनाको एकलाखका दरले रकम आइसकेको छ । उनका अनुसार दुर्घटना बिमा गरेका सञ्चारकर्मीको दुर्घटना भएर मृत्यु भएमा परिवारले सात लाख रुपैँया हात पार्नेछन् भने घाइते भएमा उपचार खर्च वापत ७० हजार रुपैँया सम्म रकम पाउनेछन् । यसअघि युनियनले विराटनगरको नोबेल अस्पतालसँग पत्रकारको उपचार खर्चमा लाग्ने पचास प्रतिसत छुटका लागि सम्झौता समेत गरेको थियो । प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले युनियन सुनसरीले उदाहरणीय काम गरेको बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार