इन्डोनेसियाकी पूर्वराष्ट्रपति सुकार्नोकी छोरी बनिन् हिन्दू  

बुधबार, कात्तिक १०, २०७८

जाकार्ता : इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन् । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच  कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन् । उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ । 

सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान भएको उनका वकिले बताएका छन् । उनी हिन्दू धर्मका आदर्श र सिद्धान्तबारे पनि उत्तिकै सचेत रहेको बताइन्छ ।-  एजेन्सी

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार