सोसल मिडिया
Contact Us
युनिकोड
पेरिस । विश्वले तापक्रमलाई १.५ सेन्टिग्रेडको सीमामा राख्ने हो भने विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी कम गर्न आवश्यक रहेको राष्ट्रसङ्घले बताएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले यही गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले सन् २०३० को उत्सर्जन स्तरबाट ७.५ प्रतिशत अंश मात्र कम गर्ने प्रक्षेपण गरेको छ । तर पेरिस सम्झौताको तापक्रम लक्ष्यमध्ये सबैभन्दा महत्वाकाङ्क्षी तापक्रम १.५ सेन्टिग्रेडसम्म राख्न ५५ प्रतिशत कटौती आवश्यक भएको कुरा जनाएको उक्त संस्थाले विश्व नेताहरूलाई स्मरण गराएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन नियन्त्रणका लागि २६औँ विश्व सम्मेलनका आयोजकहरूको भनाइअनुसार देशहरूले आफ्नो अर्थव्यवस्थालाई कार्बन वियोजन गर्ने दोब्बर प्रतिज्ञा मार्फत १.५ सेन्टिग्रेड लक्ष्यका लागि पृथ्वीलाई मार्गमा राख्न प्रतिबद्ध रहेको बताएका छन् ।– रासस÷एएफपी घरेलु ग्यास विस्फोटमा रुसमा १ जनाको मृत्यु, ४ घाइते मस्को । रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । टास समाचार एजेन्सीले मङ्गलबार दिएको जानकारीअनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । टाटारस्तानको दोस्रो ठूलो सहर नाबेरेज्नी चेल्नीमा रहेको पाँचतले भवनको दुई वटा माथिल्लो तलामा ग्यास चुहावटका कारण भएको विस्फोटले छ वटा अपार्टमेन्ट ध्वस्त पारेको छ ।–रासस/सिन्ह्वा