भिरबाट लडेर एक जनाको मृत्यु

मंगलबार, कात्तिक ९, २०७८

बैतडी । भिरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–६ पैर्यौडा बस्ने ३८ बर्षीय दमनराम पहरीको भिरबाट लडेर ज्यान गएको हो । पहरीको शव स्थानीय गोइडा खोलामा मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।  सोमबारदेखि नै घर नआएका पहरीको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । पहरीको टाउको चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।  उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार