अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् ।  मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेभित्र लामो समयसम्म अराजक र अनुशासनहीन रहेको र अहिले सो समूह बाहिरिएको आरोप लगाए ।  पार्टीलाई बद्नाम गराउने, आन्तरिक कुरा लगेर बाहिर छताछुल्ल बनाउने, पार्टीको प्रभावलाई कम गराउने कार्यलाई मान्य नहुने भन्दै उनले स्वस्छ प्रतिस्पर्धासहित लोकतान्त्रिक आचारण एमालेमा रहने विश्वास दिलाउने प्रयास गरे ।  एमालेको एकता र सर्वसम्मतिले विधान महाधिवेशन हुँदा एमालेमा किन विवाद भएन भनेर चर्चा भएको भन्दै उनले विरोधीको चाहनाअनुसार एमाले नचल्ने बताए । विरोधीको चाहनामा चिसोपानी खन्याउने भन्दै उनले देश र जनताको चाहनाअनुसार पार्टी चल्ने उल्लेख गरे ।   
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार