चाडपर्व नजिकिएसँगै सुनको मूल्य निरन्तर उकालो 

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं । चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।  आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५६ रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि सोही मूल्य कायम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार