पाँचथरमा बस दुर्घटना ५४ घाइते 

सोमबार, कात्तिक ८, २०७८

विराटनगर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका-५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालहरूमा निफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार