सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । दिल्ली प्रहरीले २६ जनवरीमा किसानलाई ट्याक्टर ¥यालीका लागि अनुमति दिएको छ । ट्याक्टर ¥यालीलाई किसानहरूले ‘किसान गणतन्त्र परेड’ नामाकरण गरेका छन् । किसान गणतन्त्र परेडका लागि अनुमति प्राप्त भए पनि रूटका बारेमा भने तय भइसकेको छैन । २६ जनवरीमा भारतले ‘गणतन्त्र परेड’ गरी गणतन्त्र दिवस मनाउँदै । किसान आन्दोलनका अगुवा तथा केन्द्र सरकारका अधिकारीबीच धेरै चरणमा वार्ता भएपनि निष्कर्ष निस्केको छैन । सरकारले हालै जारी गरेको कृषि कानुनबारे किसानलाई बुझाउन नसक्दा समस्या आइरहेको छ । सोही कानुन खारेजीको माग गर्दै किसानहरूले जनवरी २६ अर्थात मंगलबार ट्याक्टरसहित प्रदर्शन गर्ने तयारी गरेका हुन् । दिल्ली प्रहरीले किसान संगठनहरूलाई ¥यालीका लागि अनुमति दिए पनि केही सर्तहरू राखेको छ । किसान ¥याली गणतन्त्र परेड सकिए पछि मात्र्र निकाल्नु पर्नेछ । सम्झौता अनुसार किसानहरू दिल्लीका तीनवटै नाकाबाट ¥यालीसहित दिल्ली प्रवेश गर्न पाउनेछन् । यो रुट किसानहरूले यसअघिका आन्दोलनका बेला पनि प्रयोग गरेका थिए । तर दिल्लीको केन्द्रभाग तर्फ भने उनीहरुलाई ¥याली गर्न दिइने छैन । ट्याक्टर ¥यालीमा सहभागी हुन पञ्जाव, हरियाणा, उत्तराखण्ड तथा उत्तर प्रदेशबाट हजारौं ट्क्याक्टर दिल्ली प्रवेश गर्ने अनुमान गरिएको छ । पञ्जाव जम्हुरी किसान सभाका महासचिव कुलवंत सिंह सन्धुले धेरै राज्यका किसानहरू यो परेडमा सहभागी हुने जनाउँदै उनीहरू कृषि कानुनको विरोधमा आवाज बुलन्द पार्ने बताए । हाम्रो अनुमान त्यसदिन दिल्लीमा करिब अढाइ देखि ३ लाख ट्याक्टर ¥यालीमा सहभागी हुनेछन् महासचिव सन्धुले भने, ‘किसान ट्याक्टर परेड शान्तिपूर्ण हुनेछ ।’ भारतीय किसान मञ्च (पञ्जाव) का बुटा सिंहले भने, ‘किसान ¥यालीको रुटका बारेमा अझै हामी छलफलमा छौं ।’ उनले भने, ‘२६ जनवरीका दिन प्रदर्शनस्थलमा प्रवेश गर्ने ट्याक्टर प्रदर्शन सकिए लगत्तै फिर्ता हुनेछन् ।’ सुरुमा दिल्ली प्रहरीले किसान संगठनका प्रतिनिधिलाई ट्याक्टर ¥याली नगर्न अनुरोध गरेको थियो । लामो छलफलपछि मात्रै प्रहरीले ¥यालीका लागि अनुमति दिएको हो । किसानलाई जुन रुटमा प्रदर्शनका लागि अनुमति दिइएको छ त्यो रुटलाई लिएर एक मत देखिएको छैन । केही किसानले यो रुटलाई लिएर असन्तुष्टि जनाएका छन् । यो रुट दिल्लीको बाहिरी चक्रपथ नजिक पनि नपुग्ने भन्दै उनीहरूले असहमति जनाएका हुन् । किसानहरूले दिल्लीको बाहिरी चक्रपथमा ¥याली गर्न पाउनु पर्ने अडान राख्दै आएका थिए । सुरक्षाको कारण देखाउँदै दिल्ली प्रहरीले किसानलाई उक्त रुट दिन अस्वीकार गरेको हो ।–एजेन्सी