घरायसी विवादमा मरणासन्न हुनेगरी कुटपिट

आइतबार, कात्तिक ७, २०७८

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-२ मल्लाढिकका ४५ वर्षीय ईश्वरीदत्त जोसी ४ कात्तिकमा मरणासन्न हुनेगरी कुटिए । उनलाई घरायसी विवादमा स्थानीय केशवराज जोसीका छोराहरू २० वर्षीय रामदत्त जोसी र १८ वर्षीय तिलक जोसीले कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका ईश्वरीदत्तको अहिले धनगढी स्थीत माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । कुटिएका व्यक्तिको उपचार सुरु भए पनि स्वास्थ्यका सुधार आएको छैन । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार