उल्लेखनिय मौसमी प्रणाली छैन, आज कुन-कुन प्रदेशमा पानी पर्छ ? 

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं : न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन ।

यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक÷दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार