चार थान भरुवा बन्दुकसहित दुई जना पक्राउ 

बिहीबार, कात्तिक ४, २०७८

जाजरकोट । शिवालय गाउँपालिकामा चार थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवालय गाँउपालिका–६ सुङ्गुरखालीका २९ बर्षीय नवीन शाही र २२ बर्षीय मनोज शाही रहेका छन् । शिकार खेल्दै गर्दा नवीन पक्राउ परेका थिए भने अर्काको घरमा बन्दुक भेटिएपछि पक्राउ गरिएको थियो । दुबै जनाबाट दुई–दुई थान बन्दुक फेला परी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार