बलम्बुको महालक्ष्मी मन्दिरको पुनःनिर्माण सम्पन्न

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको महालक्ष्मी मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पबाट क्षति पुगेको सो मन्दिरको पुरातत्व विभाग, नगरपालिका र स्थानीयको सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको हो । 
बुधबार एक कार्यक्रमका बीच पुरातत्व विभागका निर्देशक जयराम श्रेष्ठले मन्दिरका संरक्षक मङ्गलदाश महर्जनलाई मन्दिरको साँचो हस्तान्तरण गर्नुभयो । पुरातत्व विभाग र चन्द्रागिरि नगरपालिकाको ६३ लाख तथा स्थानीयको २४ लाख रुपैयाँको सहयोगमा मन्दिरको पुनःनिर्माण सम्पन्न भएको हो । २०७२ सालको गोरखा भूकम्पले महालक्ष्मी मन्दिरमा क्षति पुगेको थियो । 
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बलम्बुका ‘द्वारे’ पूर्णबहादुर महर्जनलाई सम्मान गरेका थिए ।–रासस 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार