कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

बिहीबार, कात्तिक ४, २०७८

सुर्खेत । कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्लाका दर्जनाैं ठाउँमा पहिरो खसेकाे छ ।  कर्णाली राजमार्गअन्तर्गत  दैलेखको गुराँस गाँउपालिका-२ मटीया खोलामा माथिबाट सुख्खा पहिरो खस्न गई सडक पूर्ण रूपमा अवरुद्ध भएकाे र अहिले खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  जुम्लाको हिमा गाँउपालिका-५ भूगोल पाटास्थित बिहान ८ बजे नाग्मा मुगु सडकखण्डमा माथिबाट पहिरो खस्न गई पूर्ण रूपमा अवरुद्ध भएको छ ।  त्यस्तै, कालीकोटकाे खाँडाचक्र नगरपालिका-२ शेरीघाटमा पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको र स्थानीय तहसँगसमन्वय गरी सडक खुलाउने पहल भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार