सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले कमी भएको सरकारी अधिकारीले बताएका छन् ।विपत् व्यवस्थापन मन्त्रालयले दिएको जानकारीमा गत वर्ष चीनमा दुई लाख ५२ हजार आगलागीसम्बन्धी दुर्घटनामा भएका थिए । यो अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कमी हो । आगलागीका कारण चीनमा गत वर्ष प्रत्यक्ष रूपमा ६२ करोड ५९ लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो । यो सन् २०१९ को तुलनामा ०.५ प्रतिशतले कमी हो । चीनमा हुने गरेका झण्डै ५० प्रतिशत आगलागीका घटना ग्रामीण क्षेत्रमा हुने गरेको अधिकारीले बताएका छन् । आगलागीका घटना कम हुनुमा ग्रामीण भेगका चिनियाँ नागरिकको चेतना स्तर बढ्नु रहेको अधिकारीले बताएका छन् ।– सिन्ह्वा