बाढीपहिरो पीडितलाई अविलम्ब राहत र सहयोग उपलब्ध गराउन मोर्चाको माग

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं ।  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले बाढी, पहिरो र डुबान पीडितलाई अविलम्ब राहत र सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ । अध्यक्ष सीपी गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानबाट विचल्लीमा परेका सबै जनतालाई खाद्यान्न, औषधि र लुगाफाटोका साथै घर बनाउने व्यवस्था अविलम्ब गर्न केन्द्र सरकार, प्रदेश सरकारहरु र स्थानीय तहसँग माग गरेका छन् । 'हजारौं घर–परिवारको विचल्ली भएको छ । किसानहरुले काटेको धान नै बाढीले बगाएको वा पानीमा डुबेको छ । उनीहरुसँग न बस्ने बास छ, न त खाने गाँस,' विज्ञप्तिमा भनिएको छ, 'विचल्लीमा परेका सबै जनतालाई खाद्यान्न, औषधि र लुगाफाटोका साथै घर बनाउने व्यवस्था अविलम्ब गर्न केन्द्र सरकार, प्रदेश सरकारहरु र स्थानीय तहहरुसँग जोडदार माग गर्दछौं ।' मोर्चाले विपदमा जनतालाई राहत दिलाउन र उनीहरुको व्यवस्थापनमा सबै किसिमको सहयोग गर्न संगठनका सम्पूर्ण सदस्यहरु र समर्थकलाईसमेत निर्देशन गरेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार