नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा बाक्लाे हिमपात

बुधबार, कात्तिक ३, २०७८

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेकाे हाे । नाम्खा गाउँपालिकाको लिमी र मुचुको यारीका बस्ती ४२ सय मिटरभन्दा अग्लो स्थानमा छन् । एक फिट हिउँ जमेकाले गाईवस्तु चराउन जानसमेत कठिन रहेको लिमीबाट वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । हिउँ पर्ने क्रम जारी रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । हिमपातका कारण लिमी र मुचुको हिल्सा जाने मार्गसमेत अवरुद्ध भएकाे छ । तापक्रम माइनसमा झरेपछि जनजीवन प्रभावित भएको छ भने सञ्चार सेवासमेत बन्द भएको तामाङले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार