बैजनाथ खोलाले बगाएर हुलाकका एक कर्मचारीको मृत्यु 

बुधबार, कात्तिक ३, २०७८

उदयपुर ।  जिल्ला हुलाक कार्यालय उदयपुरमा कार्यरत एक कर्मचारीको बैजनाथ खोलामा आएको बाढीले बगाएर ज्यान गएको छ । उदयपुरगढी गाउँपालिका–८ नरेटारका अतिरिक्त हुलाक कार्यालयका अतिरिक्त पत्रबाहाक कर्मचारीको कार्यालयको काम सकि घर फर्किने क्रममा बैजनाथ खोलाले बगाएर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका– ८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको नेपालटारबाट महादेवस्थान घर फर्किने क्रममा  खोलाले बगाएको हो । श्रेष्ठको शव एक किलोमिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार