बेमौसमी बर्षाको बितण्डा : महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति

बुधबार, कात्तिक ३, २०७८

महोत्तरी । बेमौसमी बर्षाको कारण महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति भएको छ । अहिलेसम्म प्राप्त प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीका विभिन्न स्थानीय तहमा करिब ९० हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार महोत्तरीमा ४६ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली मध्ये अहिलेसम्म पाँच वटा स्थानीय तहबाट मात्र विवरण आएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले सोनामा गाउँपालिका, महोत्तरी गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टी नगरपालिका, एकडारा र बर्दिबास नगरपालिकाबाट क्षतिबो विवरण आएको बताए । विवरण अनुसार सोनामा गाउँपालिकामा पाँच बिघा धान खेती नदीले कटान गरेको छ । महोत्तरी गाउँपालिकामा १२ बिघामा पूर्ण रुपमा क्षति पुगेको छ भने ६ हेक्टर खेत नदी कटान र डुबानमा परेको छ । यसैगरी, एकडारा नगरपालिकामा चार हेक्टरमा, लोहारपट्टीमा एक हजार बिघामा, भंगाहा नगरपालिकामा ६० हेक्टरमा र बर्दिबास नगरपालिकामा चार बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जानकारी दिएको छ । प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीमा अहिलेसम्म करिब १५ हजार किसानले धान खेतीबाट नोक्सान ब्यहोरेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार