सोसल मिडिया
Contact Us
युनिकोड
उदयपुर । निरन्तर रूपमा परेको वर्षापछि आएको बाढीले उदयपुरमा एकजनाको ज्यान गएको छ । घरबाट बजारसम्म दूध पुर्याएर फर्किने क्रममा उदयपुरको त्रियुगा नगरपालिका-५ दमौटीका ४४ वर्षीय टुकबहादुर खड्कालाई स्थानीय कोरिया खोलाले बगाएकाे हाे । मंगलबार साँझ दमौटीबाट सप्तरीको चहका बजारमा दूध पुर्यायाएर फर्किंदै गर्दा उदयपुर र सप्तरीको सिमाना भएर बग्ने कोरिया खोलाले बगाएको त्रियुगा नगरपालिका-५ वडाध्यक्ष उद्धवसिंह थापाले जानकारी दिए । घरबाट बजारसम्म पुग्न कोरिया खोला सात ठाउँमा तर्नु पर्दछ । खड्काको शव कानुनी प्रक्रिया पूरा गरी दाहसंस्कारका लागि परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।