बसुलो प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

बुधबार, कात्तिक ३, २०७८

सुर्खेत । बसुलो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सल्यान कुमाख गाउँपालिका-५ का ४७ वर्षीय कविराम खड्कालाई पक्राउ गरेको छ ।  ४२ वर्षीया श्रीमती कली खड्कालाई बसुलो प्रयोग गरी हत्या गरेको आराेपमा खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कविरामले श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार