खाद्यान्न अभाव हुने ठाउँमै धानबाली नष्ट 

बुधबार, कात्तिक ३, २०७८

जाजरकोट ।  स्थानीय खाद्यन्न उत्पादनले मुस्किलले ६ महिना मात्र खाना पुग्ने कर्णालीको जाजरकोट, रुकुम पश्चिम र डोल्पामा आइतबारदेखि परेको अविरल वर्षाले सबैभन्दा बढी अन्नबालीमै क्षति पुगेको छ ।  भित्र्याउन लागेको धानबालीमा व्यापक क्षति पुगेपछि यहाँका किसानहरूमा चिन्ता बढेको छ । भित्र्याउनका लागि धान काटेर ठिक्क बनाएकै समयमा पानी पर्दा धान कुहिन थालेको रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका विरेन्द्र बटालाले जानकारी दिए । उनका अनुसार अधिकांश किसानले धान काटेर भित्र्याउनका लागि तयारी हालतमा राखिएको थियो । एकाएक परेको पानीका कारण सबै बाली डुबेपछि खाद्यान्न अभाव भइरहने यहाँका ठाउँहरुमा झन समस्या उत्पन्न भएको छ । तीन जिल्लामा मकै पछिको दोस्रो महत्वपूर्ण बाली धान हो । बाहिरबाट आयत गरिएको चामललाई विस्थापित गरि आफ्नै खेतबारीमा उत्पादन गरिएको चामलले समस्या टार्दै आएका सर्बसाधारणलाइ यो वर्षाले उठीबास नै लगाएको डोल्पा त्रिपुरासुन्दरी नगरपालिका बगरका विष्णुप्रसाद देवकोटाले बताए ।  खेतबारी नहुनेलार्इ खेतबारी हुनेले सहयोग गर्दै आएकोमा त्यो बाटो समेत बन्द भएको भेरी नगरपालिका–१ रावतगाउँका मधुकर वादीले बताए । पछिल्लो समयमा नयाँ नयाँ जातको धानको बिउ भित्र्याएर भारी मात्रामा धानको उत्पादन वृद्धी गरेका कृषकलाई वर्षाले नराम्रोसँग क्षति बनाएपछि पीडा थपिएको हो । खाद्यान्न संकट हुने क्षेत्रमा यो वर्षाका कारण चर्को नोक्सान गरेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका कृषकहरु लाई अब अर्को विकल्प नहुँदा हैरानी भएको हो । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार