कर्णाली बाढीमा थुनिएका तीन जनाको दुई दिनपछि उद्धार

बुधबार, कात्तिक ३, २०७८

धनगढी । माछा मार्न गएका बेला कर्णाली आएको बाढीले थुनिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । कैलाली लक्मीचुहा नगरपालिकाका उनीहरूलाई बुधबार उद्धार गरिएको हो। तीनै जनालाई कैलालीको जानकी गाउँपालिका–९ र बर्दियाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुबाट उद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । सोमबार माछा मार्न गएका लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडकबहादुर घर्तीमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक रानामगर दुई दिनसम्म सम्पर्कविहीन बनेका थिए । कर्णालीमा नदीको बहाव बढ्दै जाँदा तीनै जना टापुमा फसेको र बुधबार तीनै जनाको उद्धार गरिएको हो । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार