सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले २ मंसिरमा सार्वजनिक बिदा दिएको छ । किजा पूजाको अवसरमा सो दिन बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाद्वारा प्रकाशित विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो । नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने किजा पूजा मंसिर १ गते नै रहेको यसअघि नै स्पष्ट पारिसकेको छ । गृह मन्त्रालयको यो निर्णयसँगै दुई आधिकारिक सरकारी निकायबीच बेग्लाबेग्लै निर्णय भएका छन् ।