सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ । व्यास नगरपालिका–१२ स्थित छिर्कन निवासी नरबहादुर विक पोखरीमा पालेमने माछा एकाएक मर्न थालेपछि चिन्तित बनेका छन् । करिब साढे दुई रोपनी क्षेत्रफलमा बनाइएको पोखरीमा राखिएको तीन हजार ५०० माछामध्ये केही मर्न थालेपछि उनी चिन्तित बनेका हुन् । करिब १०० को हाराहारीमा माछा मर्न थालेपछि मङ्गलबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ल्याएर माछाको परीक्षण गरिएको छ । करिब चार महिनाको अवधिपश्चात अन्तिम चरणमा रहेको माछा मर्न थालेपछि थप पीडा भएको उनले बताए । पोखरीमा कमन ग्रास, रघु र सिल्भर जातको माछा योसहित तेस्रो पटक पालन गर्दै आए पनि यस्तो अवस्था नआएकामा कसैले बिषादी फ्याँकी दिएको हुन सक्ने आशङ्का विकको छ । उनको पोखरीमा हाल एकदेखि डेढ केजीसम्मका माछा उत्पादन भएका छन् । विकले साढे दुई रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरी विभिन्न जातका माछा पालेका छन् । चिकित्सकको सल्लाहअनुरुप पोखरीको पानी मोटरको सहायताले फ््याँकेर नयाँ पानी राख्ने कार्य थालिएको उनले बताए । माछाको चिरफार गर्दा आन्द्रा र छालामा समस्या देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर रोशन ज्ञवालीले जानकारी दिए । अल्सरका कारण पनि माछामा उक्त समस्या आउन सक्ने भएकोले सोहीअनुरुप उपचारमा लागिएको उनको भनाइ थियो । माछा मार्न गएका तीनजना बेपत्ता कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निजका आफन्त तीर्थबहादुर घर्ती मगरले इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात तत्काल प्रहरी टोली उक्त स्थानमा पुगेर खोजी कार्य जारी राखेको छ ।–रासस