जिते बजारस्थित कर्णाली नदीको फेरी बगायो

मंगलबार, कात्तिक २, २०७८

सुर्खेत । शनिवार रातीबाट लगातार परेको पानीका कारणले कर्णाली नदीको फेरी बगाएको छ । करिडोर निर्माणका लागि समान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तहसँगै बजुरा, हुम्ला र मुगुका नागरिकलाई दैनिक उपभोग्य समानका साथै यातायातका साधन तार्न जिते बजारमा जडान गरिएको फेरी नदीमा आएको बाढीले बगाएको हो । स्थानीय कमल मल्लले फेरीसँगै जिते हाट बजारका पाँचवटा शौचालय समेत बगाएकाले बताए । उनले कर्णाली नदीमा भन्दा पनि तिलानदीमा पानीको बहाव उच्च रहेको बताए। जसरी तिला नदीमा पानीको मात्रा बढेको छ, यसरी कर्णाली नदीमा बढेमा जिते बजार पुरै बगाउने बताए । जिते बजार कर्णाली र तिला नदीको दोभानमा रहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार