बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु

मंगलबार, कात्तिक २, २०७८

सुर्खेत । सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा  घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो । घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।  

कर्णाली राजमार्ग अबरुद्ध 
वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा  दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार