मुस्लिम समुदायलाई भोलि सार्वजनिक बिदा

सोमबार, कात्तिक १, २०७८

काठमाडौं : मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

‘मोहम्मद डे’को अवसरमा मंगलबार प्रदेश २ मा सार्वजनिक बिदा 

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे)को अवसरमा प्रदेश २ सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

इस्लामिक महिना रविउलऔएलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए । समाजमा रहेका रुढीवादी सोच, परंपरा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले संघर्ष गरेका थिए ।

नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो । प्रदेश २ सरकारले संघीय सरकारको सार्वजनिक बिदाबहेक वर्षभरिमा ११ वटा विभिन्न चाडपर्व तथा अवसरहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार