जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका

बिहीबार, असोज २८, २०७८

जुम्ला । जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले न्युज कारखाानालाई जानकारी दिए । उनकाअनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका गरिएको छ । अहिले प्रराम्भिक अनुसन्धान भइरहेको जनाकारी दिएका थापाले भने, ‘प्रहरीको अनुसन्धानले कुनै न कुनै टुङ्गोमा पुग्ने अपेक्षा गरिएको छ।’  शाहीले करिब दुई वर्षदेखि जुम्लामा होटल व्यवसाय गर्दै आएका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार