देहिमाडौं जात्रामा साढे तीन सय रांगा र १५ सय बोकाको बलि

बिहीबार, असोज २८, २०७८

बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा रांगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ । जात्रामा करिब साढे ३ सय रांगाको बलि दिइएको छ । २४६ रांगा समितिमा दर्ता गरिएको र सय बढी रांगा थप आएको हुनसक्ने जात्रा व्यवस्थापन समितिले जनाएको छ ।  यसैगरि घटस्थापनादेखि अष्टमीसम्म १ हजार ५ सय बढी बोकाको बलि दिइएको छ । गत बर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोना महामारीको प्रकोप कम भएकाले धुमधामसँग लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका-२ को कार्यालय देहीमाडौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । जात्रालाई मर्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताए । वडा कार्यालयको निर्णयको कसैले उल्लंघन गरेमा कानुनअनुसार कारवाही हुने बताइएको छ ।यस्तै स्थानीय प्रशासनले पनि जात्रा तथा मेला मनाउँदा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम कसैले गरेमा कारवाही हुने बताएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार